समाचार
संक्षिप्त परिचय
लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचार्इमा रहेकाे दूधपाेखरी कुण्डकाे अाधारमा यस गाउँपालिकाकाे नाम "दूधपाेखरी गाउँपालिका" रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभर्इ देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ ।
वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।